नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बिगत लामो समयदेखी बस्न अकर्मण्यता गरेको छ।लोकतान्त्रिक पार्टीमा केन्द्रिय समितिको बैठक मै अकर्मण्यता प्रदर्शनले यसको जीवन गतिमा निश्चितै अवरोध हुन्छ।पार्टीका केही पदाधिकारी सरकारको चास्निमा भुलेका छन त कोहि देशाटनमै ब्यस्त।बाँकी केन्द्रिय सदस्यहरु सिंहदरबारका चोकतिर टहलिरहेछन।भातृ संस्थाहरुको दैनिकी त पुर्वघोषित नै भयो।सांझ बिहान नेताका घर आंगन दिउँसो मन्त्रालयका बगैंचा ।पार्टी भित्रका संस्थापन इतरहरु जिल्ला सम्मेलनमा टाँसिएका रंगिचगि झन्डाहरुको दृश्य मोहमा आंखालाई आन्दित बनाउने कर्ममा लाग्नु भएको छ।पार्टी संगठन लथालिङ्ग भएको,युवा साथिहरुले पार्टी परित्याग गरेको बारेमा कसैको ध्यान गएको छैन।आफ्ना स्वाभाविक प्रतिस्पर्धिको राजनीतिक मुभको बारेमा लगभग शुन्य देखिन्छ।यस्तो बिकराल अवस्थामा पार्टीलाई कसरि थप क्षयिकरणबाट जोगाउने गम्भीर हुने अवस्था हामी युवा कांग्रेसको काँधमा आएको छ।
एक जिवन्त पार्टीमा उताव चढाव स्वाभाविक ठानिन्छ तर पनि बेलामा पार्टी मुख्य नेतृत्वले,पार्टीका बफादार नेता कार्यकर्ताले पार्टीको यो अवस्थाको बारेमा बेलैमा नसोच्दा एउटा परिणाम त आइ हाल्छ जुन न टाल्न सकिन्छ।न कुनै ब्यवस्था निकाल्न सकिन्छ।भेडा सरि कार्यकर्ताको मनोदिशा र हाकिमसरि नेताको दम्भले नयाँ बैकल्पिक ढोकाहरु खोल्न पुग्छन् जुन नेपाली राजनीतिमन्छमा पनि देख्न सकिन्छ।